पोखरामा क्षत्री समाज नेपालको आयोजनामा क्षत्री दिवस तथा आउदै गरेको बिजया दशमी ,तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

दिल बहादुर अधिकारीको अध्यक्षतामा सामाजिक दुरी कायम गरी जिल्ला सचिवालय सदस्यहरु बीच क्षत्री दिवस तथा बिजया दशमीको शुभकामना आदान प्रदान गरिएको हो।

कोरोना कहर संगै ” जे जस्तो छ अहिलेको पर्ब घरमै बसी मनाउ, जातिय सद्भाब कायम गरौ “भन्ने नाराका साथ् सुरु भएको कार्यक्रममा यसै संस्थाका उपाध्यक्ष चेत बहादुर कार्की , इन्द्र थापा ,दान ब. बस्नेत लगाएतले शुभकामना मन्तब्य दिनु भएको थियो।

अहिले कोरोनाको कारणले सोचे जस्तो कार्याक्रम धेरैको सहभागितामा गर्न नपाए पनि आगामी कार्यक्रमहरु भब्य तरिकाले कोरोना रोकथाम भएपछी गरिने क्षत्री समाज नेपालका जिल्ला प्रचार प्रसार प्रमुख राजेन्द्र खत्रीले समय नेपाललाई बताउनुभयो .

अन्तिम पटक अध्यावधिक गरिएको 119 Viewed

प्रतिक्रिया दिनुहोस्