दसैंअन्तर्गत आज सप्तमी अर्थात् फूलपाती । पोखराको विन्ध्यवासिनी मन्दिरमा जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । सरकारी तवरबाटै परम्परागत रुपमा मनाइँदै आएको यस पर्वमा यो वर्ष पनि विधिपूर्वक फूलपाती भित्र्याउने कार्य सम्पन्न भएको हो। विन्ध्यवासिनी मन्दिर र कास्कीको कास्कीकोटमा नेपाल सरकारकै तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपानी भित्र्याउने प्रचलन रहिआएको छ। गृह मन्त्रालयले पठाएको फूलपातीको साइतअनुसार यसपटक पनि सम्पूर्ण विधि सम्पन्न गरिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 716 Viewed

प्रतिक्रिया दिनुहोस्