पोखरामा महानगरपालिकामा मात्रै थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

१, कास्की जिल्लाको पोखरा महानगरपालिका-१ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ०७ गते बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा दुखद निधन भएको छ | उनमा कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेको थियो र उनमा कार्तिक ०३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | उनलाई मिति असोज ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो |

२, कास्की जिल्लाको पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ०८ गते बिहान ०९:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा दुखद निधन भएको हो | उनमा कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेको थियो र उनिमा असोज ०६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | उनलाई मिति कार्तिक ०७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो |

३, कास्की जिल्लाको पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको मिति कार्तिक ०८ गते दिउसो ४:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ | कोभिड-१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको उनीमा मा कार्तिक ०७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | उनलाई मिति कार्तिक ०७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो |

नोट : सबै जनाको मृत्युको बिवरण गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयबाट नै ढिला आएको हुनाले समाचार सम्प्रेषण आधिकारिक रुपमा हाल्नुपर्ने हुनाले ढिला हुन् गएको हो।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ

अन्तिम पटक अध्यावधिक गरिएको 449 Viewed

प्रतिक्रिया दिनुहोस्