पोखरा महानगरपालिकामा कोरोना संक्रमणबाट थप थप १ जनाको मृत्यु भएको छ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको कार्तिक ०८ गते राति १०:२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ |

COVID-19, bilateral Pneumonia तथा ARDS समस्या रहेको वहाँमा मिति कार्तिक /०८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | वहाँलाई कार्तिक ०८ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो |

शब ब्यबस्थापनको तयारी भैरहेको अस्पताल प्रशासनबाट प्राप्त प्रतिबेदनमा उल्लेख गरिएको छ |

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ |
बिज्ञप्ति (दोस्रो) :


अन्तिम पटक अध्यावधिक गरिएको 265 Viewed

प्रतिक्रिया दिनुहोस्