पोखरा ,कार्तिक १० गते
पोखरा ५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-५ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ०९ गते राति ९:१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आई. सि.यु.मा उपचारका क्रममा दुखद निधन भएको छ | वहाँमा मिति २०७७/०७/०६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | वहाँमा COVID-19, bilateral Pneumonia तथा cardio pulmonary Arrest लगायतका समस्या रहेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराजे जानकारी गरिएको छ | यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 1115 Viewed

प्रतिक्रिया दिनुहोस्