आज कार्तिक १० गते अर्थात नेपालीहरुको महान चाड बिजया दशमी पर्व। आजको दिन कसैको लागि बिशेष चाड खुसिको दिन बनेको छ भने कसैको लागि दुखद दिन बन्न पुगेको छ। आज बिहानै बाट सामाजिक संजालमा एउटा समाचार गुन्जिराखेको छ। कोरोना संक्रमणबाट आज मात्रै गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना पुस्टि भएको छ भने आज मात्रै थप ५ जनाको मृत्यु भैसकेको छ।

पोखरा महानगरपालिका-१५ की ७८ बर्षीया कोरोना संक्रमित महिलाको गए राति ११:०० बजे चरक मेमोरियल हस्पिटल , पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । उहाँमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछी अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका-५ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९:१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको छ । उहाँमा कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कार्तिक ६ गते नै कोरोना संक्रमण पुष्टि भएका नवलपुर गैंडाकोट-५ का ७३ बर्षीय कोरोना संक्रमित पुरुषको आइतबार चितवन मेडिकल कलेजमा तथा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका कावासोती-२ का ७७ बर्षीय पुरुषको बिहान २:३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

तनहुँ जिल्ला शुक्लागण्डकी-४ का ५० बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक १० गते बिहान ९:१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममा दुखद निधन भएको छ | वहाँमा कार्तिक ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | वहाँमा COVID-19, bilateral Pneumonia तथा cardio pulmonary Arrest लगायतका समस्या रहेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराले जानकारी दिएको छ। उनको शब ब्यबस्थापनको तयारी भैरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ

अन्तिम पटक अध्यावधिक गरिएको 151 Viewed

प्रतिक्रिया दिनुहोस्