१३ कार्तिक, पर्वत । कुश्मा बजारमा कोरोना संक्रमण बढेपछि अब १४ गते देखि आगामी २१ गतेसम्म कुश्मा बजार क्षेत्र पूर्ण रुपमा बन्द हुने भएको छ । आज भएको जिल्ला स्थित सिसिएमसि र सरोकारवालाहरुको वीच भएको वैठकले कुश्मा बजारका वडा न ४, ५, ६ र ७ लाई बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिएका छन ।

रेग्मीका अनुसार भोली १४ गते देखि आगामी २१ गतेसम्म कुश्मा बजार क्षेत्र पूर्ण रुपमा बन्द हुनेछ । अत्यावश्यक सेवा बाहेकका सवै पसल, वैंक तथा वित्तिय संस्था र कार्यालयहरु बन्द हुने छ।

पर्वतमा हाल सम्म २ जनाको मृत्यु भैसकेको छ भने १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा वसेको वैठकले मुख्य गरी सदरमुकाम कुश्मा बजारलाई लक्षित गरी यो क्षेत्रमा यातायात समेत बन्द गर्ने निर्णय भएको बताईन्छ । मध्यपहाडी लोकमार्गमा सवारी आगमनमा भने रोक लगाइएको छैन् ।

आज मात्रै कुश्मा नगरपालिका वडा न ६ बस्ने एक ब्यक्तिको कोरोना संक्रमणकै कारण पोखरामा मृत्यु भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 241 Viewed

प्रतिक्रिया दिनुहोस्