चर्चित र्‍यापर भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो।

अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए। रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए।

उनको ‘हामी यस्तै त हो नि ब्रो ‘ गीतबाट चर्चित बनेका थिए। गीतमा – पुलिस चौकीभित्र गर्छु दारु खाँदै मस्ती’ लगाएतका शब्द छन् । उनले चुरोट, गाँजा लगाएत निषेधित लागुऔषध प्रयोग गर्न प्रोत्साहन हुने गरी गीत गाएको र अश्लिन शब्द प्रयोग गरेको आरोप रहेको छ । यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।



अन्तिम पटक अध्यावधिक गरिएको 768 Viewed

प्रतिक्रिया दिनुहोस्