
पोखरामा ६० सहित गण्डकी प्रदेशमा आज एकाबिहानै ९८ जनामा कोरोना संक्रमण पुस्टि।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रबार बिहान पोखरा महानगरमा ६० सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरामा ६० जना , तनहुँका ८ जना , स्याङजाका ३ जना , पर्वतका १ जना , लमजुङका २ जना , गोरखाका २ जना र नवलपुरमा २२ गरी ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७१४५ पुगेको छ।<