
पोखरामा एकैदिन कोरोना संक्रमणकाकारण दुई जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ बर्षीय बृद्ध र स्याङ्जाको वालिङ-५ का ७० बर्षीय वृद्धको पोखरामा मृत्यु भएको हो।
दुई दिन अघि मात्र पोखरा १५ का कोरोना संक्रमित ८१ बर्षीय बृद्धको शुक्रबार बिहान होम आईसोलेसनमा रहेकै बेला निधन भएको हो।
स्याङ्जा जिल्ला, वालिङ-५ का ७० बर्षीया बृद्धाको पनि शुक्रबार बिहान ८:३५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ |
प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ |