पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी सहित परिवारका ६ जनामा पनि संक्रमण पुष्टी भएको छ।

अध्यक्ष दामु अधिकारीका दाजु धर्मराज अधिकारीलाई केहि दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेर उनले पनि स्वाब दिएका थिए। उनको आज पोजिटिभ रिपोर्ट आएको हो । अधिकारी कै आफ्नो छोरी, उनका अर्का दाई धर्म अधिकारीका २ छोरी, केशवराज अधिकारीकी श्रीमती र आमालाई कोरोना संक्रमण पुष्टी भएको उनले समय नेपाललाई जानकारी दिएका छन भने उनका बुबाको पुन कोरोना जाँचका लागि स्वाब पठाइएको छ। सामाजिक संजाल फेसबुक मार्फत उने आफुमा कोरोन संक्रमण पुस्टि भएको जानकारी गराएका छन। उनको फेसबुक पोस्ट मार्फत उनले ”आज संसार भर का मानिसहरु कोरोना माहामारी बाट त्रसित भइरहेको अबस्थामा सुरक्षित् रहनुपर्छ भन्दा भन्दै म आँफु पनि कोरना बाट अछुतो रहन सकिन ,हाल हामी नेपालीहरुको महान पर्ब बडादसैँ मनाउनेक्रममा झन् कोरोना संक्रमण तिब्र गतिमा फैलिएको उल्लेख गरेका छन।

साथै उनले आम उधोगी ,ब्यापारी ,ब्यबसायी ,उपभोक्ता तथा आम सर्बसाधारण हरुमा सजक रही आँफुपनि जोगिन र अरुलाई पनि जोगाउन सुरक्षित रहन तथा सुरक्षाका प्रबन्धसहित व्यवसाय संचालन गर्न आग्रह समेत गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 317 Viewed

प्रतिक्रिया दिनुहोस्