>पोखरा वडा नं १७ र वडा नं १५ को सीमाना रातोपहिरो स्थित सेती नदीको बीचमा अन्दाजी ३५-४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
नामथर नखुलेका ती व्यक्ति मंगलबार बिहान ७।४५ बजे सेती नदीको बीच भागको बगरमा मृत अवस्थामा रहेको सूचना स्थानीयले कास्की प्रहरीलाई दिएका थिए । कास्की प्रहरीको टोली उक्त स्थानमा पुगि घटनाको बारेमा थप अनुसन्धान थालेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले दिनुभयो


अन्तिम पटक अध्यावधिक गरिएको 1724 Viewed

प्रतिक्रिया दिनुहोस्