तनहुँ ,कार्तिक २० ,तनहुँमा सडक कालोपत्रे गर्ने क्रममा रोडर खस्दा चालक घाईते भएका छन्।

तनहुँको आबुखैरेनि गाउँपालिका-१ बरादि हिलेखर्क भित्री सडक खण्ड स्थित डुम्रेडाँडा भन्ने ठाँउमा सडक कालोपत्रे गर्ने क्रममा रोडर अचानक सडकदेखि १५ मिटर तल खस्दा गोरखा जिल्लाको सुलिकोट गाउँपालिका-४ घर भएका २४ वर्षका रोडर चालक निपेस भट्ट घाईते भएका छन्। उनको अवस्था मध्यम रहेको र उनको थप उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौ पठाईएको छ।

यसैगरी यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी गराएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 280 Viewed

प्रतिक्रिया दिनुहोस्