>भागवत भास्कर पण्डित कमलनयन गौतम भन्ने बित्तिकै सबैको मनमा महायज्ञको कल्पना आउछ, भजनमा नाच्दै आध्यात्मिक ज्ञानहरु ग्रहण गर्दाका दिनको यादहरु आउछ होला ।

भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले हालसम्म साना ठुला गरी ३ सय बढी महायज्ञमा प्रमुख बाचकको रुपमा कथा वचन गरिसकेका छन

महायज्ञमा रहदा हालसम्म कुनै पनि संस्थासंग शुल्क तोकेर नमाग्ने, आयोजकले जति दिनुहुन्छ खुसिले लिने र त्यो लिएको रकम पनि आफुले एक सामाजिक अभियान्ता ,सबैको गुरुमा चिनिन्छन।

कथा अनुसारको झाँकी सहितको बाजा जागा भएको समुह सहित उनले एक सय ५० बढी सामुदायिक बिद्यालय, करिब ४० वटा कलेज, बाटो, मठ मन्दिर तथा अन्य सामाजिक कार्यका लागि एक सय १० वटा भन्दा बढी स्थानहरुमा महायज्ञ गरेकाछन्। विन्ध्यवासिनी मन्दिर, भद्रकालि मन्दिर, पार्दी मावि, लगायतका बिभिन्न ठाउँमा पण्डित गौतमले ठुलो आर्थिक सहयोग जुटाएर व्यवस्थापनमा सहयोग पुराएका थिए।

पोखराको सितापाइला ढुंगेसाँघु क्षेत्रमा करिब ४६ जनाको श्री सिद्ध परोपकार वैद्धिक गुरुकुल आश्रम संचालन गर्दै आएका छन्।

यसैगरी यस आश्रममा पछिल्लो समय आफ्नो जन्मदिन , चाडपर्व कुनै बिशेस तिथि लगाएतका मुख्य दिन पारेर सहयोग गर्न आउनेको संख्या पनि बढेको छ। सेवा नै सबै भन्दा ठुलो धर्म हो भन्ने उदेश्यका साथ् संस्था सुरु गरेका उनले समाजमा आफुले केही सकेको सहयोग गर्न समेत आग्रह गरेका छन।

कोभिड १९ ले गर्दा अहिले मठ मन्दिर भेला सम्मेलन सबै बन्द रहेको हुनाले अहिले भने उनि प्राय गुरुकुलमा नै व्यस्त रहेको पाइन्छ।

आशा गरौ छिटै नै यो महामारी हट्ने छ र सबैले आध्यात्मिक चिन्तन कथा श्रवन गर्ने माहोल जुट्ने छ।

नेपालका बिभिन्न ठाउँहरुमा गएर भागवत कथा वाचन गरी धेरै दर्शकको मनमुटुमा बस्न सफल ब्यक्तीलाई जन्म दिनको लाखौ लाख शुभकामना।

अन्तिम पटक अध्यावधिक गरिएको 639 Viewed

प्रतिक्रिया दिनुहोस्