स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा निकालिएको दोश्रो बिज्ञप्ति अनुसार भर्खरै मात्र पोखरा महानगरपालिका मात्रै थप ४८ जनामा कोरोना पुस्टि भएको छ।

लाइफ केयर एण्ड डायगनोस्टिक प्रा लि पोखरामा गरिएको परिक्षणमा पोखरामा थप ४८ जना ,स्याङ्गजा वालिङ्गमा २ जना ,पर्वतमा १ जना ,तनहुँमा ३ जनामा कोरोना पुस्टि भएको हो।

आज बिहान मात्रै कास्कीको पोखरा महानगरपालिकामा ३६ जना कोरोना संक्रमित थपिएका छन भने रुपा गाउपालिका वार्ड न ५ मा एकजना , मादी गाउँपालिका ६ मा १ जना थपिएका थिए भने लम्जुङ्गको सुन्दरबजारमा पनि थप ३ जनामा कोरोना पुस्टि भएको थियो। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६३६ पुगेको छ।
अन्तिम पटक अध्यावधिक गरिएको 363 Viewed

प्रतिक्रिया दिनुहोस्