नवलपरासी (पुर्ब) कार्तिक २२ , नवलपरासी पूर्वमा पौडी खेल्दा खेल्दै एकजना बेपत्ता भएका छन्।

सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका-३ बस्ने २४ वर्ष का दिपक बि.क. नवलपरासी (पूर्व) जिल्ला गैंडाकोट नगरपालिका-१० स्थित रहेको टुबोर्ग बियर फ्याक्ट्रीमा खाली बोतलहरु लिई काठमाडौ देखि ना३ख ६८९८ नं. को ट्रक चालक बिजय बि.क .(सानीमाको छोरा) संग घुम्न भनि आएका र सोहिस्थान स्थित नारायणी नदीको किनारमा ४/५ जना साथीहरु संग पौडि खेल्दा उक्त नदीमा हराई बेपत्ता भएका छन्

उनि बेपत्ता भएको निजको साथीले खबर गरे पश्चात तत्कालै प्रहरी टोली खटिई गई खोजतलाश कार्य भईरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 163 Viewed

प्रतिक्रिया दिनुहोस्