पोखरा २५ हेम्जामा २ दिन अगाडी एक पुरुषको कोभिड १९ का कारण मृत्यु भएको थियो त्यस्तै गरी आज मात्रै पोखराको चारक मेमोरियल अस्पतालमा उनकै २९ वर्षीय विवाहित छोरीको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार,कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७ बस्दै आएकी २९ वर्षीय महिलाको उपचारका क्रममा शुक्रबार दिउसो २:२३ मा पोखराको चारक मेमोरियल अस्पतालमा भएको थियो भने उनको आज शव व्यवस्थापन हुन् सकेको छैन। उक्त महिलाको मृत्युको बिषयमा हस्पिटलको लापरवाही भएको भन्दै मृतकका आफन्तले उचित छानबिन हुनुपर्ने र उनको मृत्यु हस्पिटलको लापरवाहीले भएको आरोप लगाउदै शव बुझ्न मानेका छैनन। यसैगरी हामीले मृतक महिलाका श्रीमान् संग थप बुज्ने कोसिस गरेका छौ |उनका अनुसार आज दिनभरी हस्पिटल पक्ष र मृतकका आफन्त बीच वार्ता भएको थियो तर निस्कर्समा पुग्न नसक्दा भोलि बिहान १० बजेसम्मको लागि वार्ता स्थगित भएको बताइएको छ। मृतकका आफन्तले हस्पिटलको लापरवाहीका कारण नै मृत्यु भएको आरोप लगाउदै आएका छन भने हस्पिटल प्रशासनले उक्त महिलाको मृत्युमा हस्पिटलको लापरवाही नभएको र उनको कोभिड १९ ले गर्दा नै मृत्यु भएको बताइएको छ। कोभिड १९ महामारीको बेलामा पनि आफुहरुले दिने सेवा सुबिधामा केहि कमि नरहेको र आफुहरुले सक्दो कोसिस गर्दा पनि उनलाई बचाउन नसकेको हस्पिटल प्रशासन बताउछन। उनका आफन्तका अनुसार उक्त महिलाको स्वास्थ्य अवस्था सामान्य भएर घर लैजाने तयारी भएको बेलामा एक्कासि केहि बेरमा नै उनको मृत्यु भएकाले आफुहरुलाई मृत्यु रहस्यमय रहेको बताएका छन। उनीहरुको माग यस्ता रहेका छन। १ हस्पिटलमा प्रयोग गरिएको औषधि र उपचार पद्दति लिखित रुपमा दिनुपर्ने २ उनको मृत्यु हुने बेलामा उपचारमा खटिएका कर्मचारीले उनको स्वास्थ्य अवस्था एक्कासि बिग्रनुको कारण खुलाउनुपर्ने ३ सिसि टिभी फुटेज पिडितलाई देखाउनुपर्ने उनीहरुका अनुसार माग सम्बोधन भएमा मात्र भोलि २९ वर्षीय महिलाको शव हस्पिटलबाट शव व्यवस्थापनको लागी पठाईने छ। त्यसै गरि नवलपुर गैंडाकोट १२ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार दिउसो २:०० बजे चितवन मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ। यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।
अन्तिम पटक अध्यावधिक गरिएको 1309 Viewed

प्रतिक्रिया दिनुहोस्