तनहुँ कार्तिक २२, डुम्रेबाट दमौली जाँदै गरेको जिप र स्कुटर ठक्कर खादा २ जना घाईते भएका छन ।

अन्दाजी १३:०० बजेको समयमा तनहुँको बन्दिपुर गाउँपलिका-१ नाला स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ग.१ज. ५८१६ नं.को जिप र बिपरित दिशाबाट आउदै गरेको ग.१५प ६६०० नं.को स्कुटर ठक्कर खाई दुर्घटना हुदाँ स्कुटर चालक लमजुङ जिल्लाको दोर्दि गाउँपालिका-१० बस्ने सुबास घलेको दाहिने हातमा चोट लागेको र अवस्था सामान्य रहेको र पछाडी सवार ऐ. ८ बस्ने १६ वर्ष को आयुस गुरुङको दाहिने खुट्टामा चोट,अवस्था मध्यम रहेको छ।

उनीहरुलाई थप उपचारको लागि लक्ष्मीअस्पताल डुम्रे लागिएको र दुबै सबारी साधन र जिप चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 113 Viewed

प्रतिक्रिया दिनुहोस्