पाेखराकाे मालेपाटन वार्ड न ५ मा ५० जनाजति कोरोना संक्रमितलाई राख्दै आईएको आइसाेलेसनबाट साेमबार राति ७ बजे खाना खाएपछि एकैछिन साथीसंग कुरा गर्छु भन्दै माथि गएका संक्रमित छतबाट हामफरालेर काेराेना संक्रमित भागेका छन् । बुटवल घर भई पाेखरा बस्दै आएका ३५ वर्षे ती संक्रमितलाई कात्तिक १५ गते मालेपाटनकाे आइसाेलेसनमा राखिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसी सुवास हमालका अनुसार दसैंका बेला च्यांग्रा भनेर च्यांग्रीकाे मासु बेचेकाे आराेपमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएकाे थियाे भने अदालतले मागेकाे धराैटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए ।
प्रवक्ता डिएसी सुवास हमालका अनुसार प्रहरीले उनकाे खाेजी गरिरहेकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1336 Viewed

प्रतिक्रिया दिनुहोस्