
कास्कीमा कोरोना संक्रमणबाट थप एक पुरूषको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको उपचार कक्षमा उपचाररत रुपा गाउपलिकाका ७२ वर्षीय संक्रमित पूरुषको बुधबार बिहान मृत्यु भएको हो ।
कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका पूरुषको बिहान ८ः३० बजे मृत्यु भएको हो। उहालाई B/L pneumonia, Acute Kidney Injury जस्ता समस्या रहेको थियो।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ