बिभिन्न जिल्लाबाट २ जना नेपाली महिलाहरुलाई बैदेशिक रोजगारीको लागि
बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने
भनि बिभिन्न प्रलोभनमा पारी ठगि गर्ने टोलि पक्राउ परेका छन्।

उनीहरुले फ़काईफ़ुलाई पोखरा ल्याई मिति कार्तिक २६ गते पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थितमा जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उदेश्यले कोठामा राखी बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएको साथै रकमको मोलमलाई गरिरहेको अवस्थामा ३ जना व्यक्तिहरुलाई पक्राउ परेल्का छन ।

उनीहरुलाई थप अनुसन्धान भईरहेको साथै पिडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सुचना अधिकारी प्र.ना.उ. सुवास हमालले समय नेपाललाई जानकारी दिएका छन्।

पक्राउ पर्नेमा मादी गाउपालिका वडा १ खेलुङका २१ वर्षका जीवन नेपाली , जिल्ला काभ्रे पाँचखल ४ तामाघाटका २६ वर्षका आशिष भुजेल ,पोखरा महानगरपालिका वडा नं.४ बगालेटोलका ३० वर्षका अन्जु गुरुङ रहेका छन। साथै पक्राउ परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत दिन ८(आठ) म्याद थप गरी अनुसन्धान भईरहेको सुचना अधिकारी प्र.ना.उ. सुवास हमालले बताएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 586 Viewed

प्रतिक्रिया दिनुहोस्