कास्कीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

१.पोखरा महानगरपालिका-१४ की ६७ वर्षीय महिलाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो ।

महिला यही कात्तिक २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।

२.पोखरा महानगरपालिका १५ की ५४ बर्षिय महिलाको पनि मृत्यु भएको छ । उनलाई एक दिन अघि २६ गते मात्र कोरोना पुष्टि भएको थियो ।

३.पोखरा महानगरपालिका २५ का ७० वर्षका कोरोना सन्क्रमित पुरुषको कार्तिक २८ गते बिहान ११.१५ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई कार्तिक १८ गते कोरोना पुष्ठि भएको थियो ।

४. पोखरा महानगरपालिका २० का ८३ वर्षका कोरोना संक्रमितको कार्तिक २८ गते होम आईसोलेसनमा मृत्यु भएको छ । उनमा कार्तिक २६ गते कोरोना संक्रमण पुष्ठि भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 476 Viewed

प्रतिक्रिया दिनुहोस्