काठमाडौं , बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए। पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। ‘उहाँलाई श्वा’सप्रश्वासमा समेत स’मस्या भएको छ’, उनले भने। उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए। डा केसीले चिकित्सा शिक्षा सु’धारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।आज प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ । उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।

source : esidhakura

अन्तिम पटक अध्यावधिक गरिएको 445 Viewed

प्रतिक्रिया दिनुहोस्