कार्तिक २८ गते ११:२५ बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका-१२ घासीकुवाँ स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १३ प १९२ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको ग.१ख ७३११ नं. को ट्रक एक आपसमा ठक्कर खाएको छ।

दुर्घटनामा मोटरसाईकल चालक लमजुङ जिल्ला बेशीशहर नगरपालिका-११ बस्ने ४५ वर्ष को श्याम नारायण श्रेष्ठ घाईते भएकोले उपचाराको लागि रत्नहरी अस्पताल दमौली तर्फ पठाएको छ।

उनको स्वास्थ्य अवस्था मध्यम रहेको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 83 Viewed

प्रतिक्रिया दिनुहोस्