बागलुङमा जुव तास खेल्ने ८ जना पक्राउ भएका छन।

मंगसिर १ गते अन्दाजी ५:४५ बजेको समयमा बागलुङ नगरपालिका-६ धारापानी स्थित ब स्ने ईश्वर के.सी.को घरमा जुवा तास
खेल खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई त्यस स्थानमा तास खेलमा संलग्न रहेका ८ जना व्यक्तिहरुलाई नगद रु. ८५०००/- (पचासी हजार) र एक बुक तास सहित मानिस नियन्त्रणमा लिईएको छ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका-६ धारापानी बस्ने वर्ष २० को ईश्वर के.सी , वर्ष २२ को दिपेश सापकोटा, वर्ष ४२ को कुल बहादुर के.सी. , ४० को राजेन्द्र सापकोटा, वर्ष २९ को दिपक सापकोटा, वर्ष ३० को मन बहादुर के.सी. वर्ष २५ को रामकृष्ण सापकोटा,वर्ष २३ को सागर के.सी. रहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी दिएका छन।

https://www.youtube.com/watch?

अन्तिम पटक अध्यावधिक गरिएको 200 Viewed

प्रतिक्रिया दिनुहोस्