तिहारकै दिनमा आज पोखराको फेवातालमा तैरिरहेको अवस्थामा शव फेला परेको छ। आज दिउसो अन्दाजी १३:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-०६ फेवाताल स्थित बाराही घाटमा एक जना पुरुष ब्यक्तिको शव फेवातालमा तैरिरहेको अवस्थामा फेला परेको छ। उक्त पुरुष को हुन् भन्ने हालसम्म नाम थर खुलेको छैन। उनि अन्दाजी ३०/३५ वर्षको पुरुष देखिन्छन। तत्कालै प्रहरी टोली खटिई उनको शव उद्धार गरिएको छ भने उनको घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी दिएका छन। https://www.youtube.com/watch?
अन्तिम पटक अध्यावधिक गरिएको 426 Viewed

प्रतिक्रिया दिनुहोस्