कास्की मङ्सिर ०५: पोखराको शान्ती बनमा झगडा गर्दा २ जना घाइते भएका छन्।

अंदाजी १२:२० बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका-९ शान्ती बनको ओरालोमा एक आपसमा सामान्य बिवाद भई झगडा हुँदा कास्की जिल्ला पोखरा महानगरपालिका-१२ चापापानी बस्ने २९ वर्षको दिपेन्द्र परियार घाइते हुदा गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको र कास्की जिल्ला पोखरा महानगरपालिका-८ रत्नचोक बस्ने २४ वर्ष को आशिष लम्साल घाइते हुदा मेट्रोसिटि अस्पतालमा उपचार भईरहेको छ |उक्त घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जानकारी प्राप्त भएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 606 Viewed

प्रतिक्रिया दिनुहोस्