तनहुँ मङ्सिर ०६:तनहुँमा मोटरसाईकलले ठक्कर दिदा ८ वर्षका बालकको मृत्यु भएको छ।

तनहुँ जिल्ला भानु नगरपालिका-५ पञ्चनगरको डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा चन्द्रावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा ७० प ६९०१ नं को मोटरसाईकलले पैदलयात्री ऐ.ऐ. बाङ्गेरुवा बस्ने राजु सिमखडाको छोरा ८ वर्ष को आईज्याक सिमखडालाई ठक्कर दिँदा टाउकोमा चोट लागि गम्भिर घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर चितवन पठाउदा डाक्टरले १३:०५ बजे मृत घोषणा गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 73 Viewed

प्रतिक्रिया दिनुहोस्