नवलपरासी(पूर्व): नारायणी नदीको किनारमा खस्न जाँदा पानीमा डुबि एक बालिकाको मुत्यू भएको छ।

आज आइतबार बिहान अंन्दाजी १०:०० बजेको समयमा चितवनको खैरेनी नगरपालिका सलौली बस्ने अंन्दाजी ३ वर्षकी आरोही तिमिल्सेनाको गैडाकोट नगरपालिका-६ रामघाट मामाघर आएको बेलामा खेल्ने क्रममा मामाघर नजिकै १००।१५० मिटर नजिक रहेको नारायणी नदीको किनारमा खस्न जाँदा पानीमा डुबि मुत्यू भएको छ।

गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार नारायणी नदीको किनारमा खस्न जाँदा पानीमा डुबि मुत्यू भएको भन्ने जानकारी प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 94 Viewed

प्रतिक्रिया दिनुहोस्