चितवन,पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चितवनमा उपचार भैरहेको छ।

चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टो’ली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ। सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए। अपरान्ह छातीमा स’मस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मु’टुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी ने’तृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा ख’टिएको छ। डा. रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आ’राम गरिरहेका छन्।

अहिले इसिजी र रगत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए। इ’सिजी रि’पोर्टपछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए। ‘अस्पतालले उहाँको उपचारको सम्पूर्ण तयारी गरेको छ,’ देवकोटाले भने, ‘उहाँले केही समय होटलमै आराम गरेर हेरौं भन्नुभएको छ।’ शाहमा मुटुसम्बन्धी पुरानो समस्या भएका कारण त्यही स’मस्या दोहोरियो कि भनेर सतर्कता अपनाइएको डा.रेग्मीले बताए। यसअघि शाहलाई तीन पटकसम्म हर्टअट्याक भएको थियो। source : esidhakura

अन्तिम पटक अध्यावधिक गरिएको 303 Viewed

प्रतिक्रिया दिनुहोस्