पोखरामा लागूऔषध गाँजा सहित तिन जना पक्राउ परेका छन्।

कास्की जिल्लामा लागूऔषध बेचबिखन तथा कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत ईलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाडाकोनाकबाट खटिएको प्रहरी टोलीले मिती मङ्सिर १० गते अन्दाजी १६:३० बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३१ नहरचोक स्थित कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.-३१ किमबेशी बस्ने लोक बहादुर भुजेलको छोरा २६ बर्ष को जिबन भुजेल , कास्की जिल्ला रुपा गाउँपालिका वडा नं.-७ स्याक्लुङ बस्ने श्री प्रसाद गुरुङको छोरा २६ बर्षको रुबिन गुरुङ र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.-३१ लामागाउँ बस्ने १७ बर्ष को परिबर्ति नामथर लेखनाथ -६ स्थान बस्ने ३ जना व्यक्तिहरुले झोला भित्र लुकाई छिपाई राखेको लागूऔषध गाँजा १ किलो १ सय ग्राम, मोवाईल थान -२, नगद रु.३७००।– समेत फेला पारी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 274 Viewed

प्रतिक्रिया दिनुहोस्