पोखराको वार्ड न ५ धारापानी सिमानामार्गमा ढुंगा लोड गरिएको ट्रक दुर्घटना भएको छ।

ग १ ख ४७३२ नम्बरको ढुंगा लोड गरिएको ट्रक बाटो भन्दा मुनि अन्दाजी १८ फिट तल खसेको हो।

वार्ड न ५ का वार्ड अध्यक्ष धन बहादुर नेपालीका अनुसार घटनास्थलमा पुग्दा ट्रक घोप्टिपरेको अवस्थामा थियो। स्थानीएहरु त्यो खसेको आवाज सुन्दा कता के भयो भन्दै झस्केका थिए। एक्कासी आवाज आएपछि उनीहरु त्यही दुर्घटना स्थलतर्फ दौडिएका थिए। गाडी पल्टिएकै ठाउमा केहि मिनेट अगाडी त्यही स्थानमा एकजना किसानी खेति गर्ने माहिला पनि थिइन्। उनि भन्छिन धन्न केहि समय अगाडी निस्किएको थिए नत्र आज मेरो के हुने थियो धन्न बाचियो।

ट्रक भित्र कोहि छन वा जिउदै होलान भन्ने सोच्न पनि सकिने अवस्था थिएन । अलि नजिकै गएर हेर्ने प्रयास गरेर हेर्दा गाडीका चालक अतित श्रेष्ठ सिटमा अचेटिएको अवस्थामा थिए। उनलाई स्थानिएहरुले गाडीको झ्यालको सिशा फुटाएर सकुसल बाहिर निकालेका थिए। डाइभरलाई सकुसल निकालेपछि सबैले लामो सास फेर्दै भन्न थाले ए भगवान धन्न दुखद खबर सुन्न र देख्न परेन।

सबैले उनलाई भन्न थाले भीकोभाईको भाग्य बलियो रहेछ ठुलो कालले बाचेउ। यतातिर डाइभर बोल्न सक्ने अवस्थामा थिएनन घाउचोट दुखले भन्दा पनि उनि आफु सकुसल बाच्न सफल भएकोमा खुसि रहेका थिए। उनले आफुले नया जीवन पाएको अनुभव गर्दै थिए।

source :धन बहादुर नेपाली { पोखरा महानागर्पालिकाका प्रवक्ता एवं अध्यक्ष वार्ड न ५ }

अन्तिम पटक अध्यावधिक गरिएको 290 Viewed

प्रतिक्रिया दिनुहोस्