कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु भएको छ ।

पोखरा-२ का ५९ वर्षीय कोरोना संक्रमित पुरुषको चरक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उहाँलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड सँगै मिर्गौला र सुगर रोग रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनएको छ ।

त्यस्तै पोखरा-३२ का ६६ वर्षीया कोरोना संक्रमित महिलाको आज शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत कोभिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँ सुगर रोगबाट समेत ग्रसित हुनुहुनथ्यो । गण्डकी स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 241 Viewed

प्रतिक्रिया दिनुहोस्