चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्‍जालमार्फत सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

बुधबारदेखि शरीर दुखेजस्तो भएपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको उनले बताएका छन् । आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र आफू होम आइसोलेसनमा बसेको पनि सन्दीपले जानकारी दिएका छन् । आफू छिट्टै निको भएर मैदानमा फर्किने पनि उनले बताएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 161 Viewed

प्रतिक्रिया दिनुहोस्