पोखरामा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पोखरा -१५ का ५२ वर्षीया कोरोना संक्रमित पुरुषको मङ्सिर १२ गते गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।उहालाई मङ्सिर ०८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उहाँमा कोभिड निमोनिया को समस्या रहेको थियो।

पोखरा-१० का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मङ्सिर १२ बेलुका ९ः३० बजे मृत्यु भएको हो । उहाँलाई मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहू जिल्ला रिसिङ्ग गाउपलिका ८ का ७८ वर्षीया कोरोना संक्रमित महिलाको मणिपाल अस्पतालमा उपचारका क्रममा मङ्सिर १२ गते बेलुका ७ः०० बजे मृत्यु भएको छ । उहालाई मङ्सिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

लमजुङ्ग जिल्ला मध्यनेपाल नगरपालिका ६ का ८५ वर्षीया कोरोना संक्रमित पुरुषको मङ्सिर १३ गते दिउसो २ः०९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।उहालाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

गण्डकी स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 362 Viewed

प्रतिक्रिया दिनुहोस्