म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते भएका छन्।

म्याग्दीको मङ्गला गाउँपालिका-२ बावियाचौरको काफलचौरमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २-०३००१ च ०२५२ नम्बरको बोलेरो जिप आइतबार बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर जिपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी जिपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् । घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जिपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 159 Viewed

प्रतिक्रिया दिनुहोस्