काठमाडौं । जोसे मोरिन्होको टिम टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम चेल्सीसँग गोलरहित बराबरीमा रोकियो ।

र पनि उ लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा पुग्न सफल भएको हो । बराबरीपछि टोटनह्यामको १० खेलबाट २१ अंक भएको छ ।

लिभरपुलका पनि समान २१ अंक भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । तेस्रो स्थानको चेल्सीको १९ अंक छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 65 Viewed

प्रतिक्रिया दिनुहोस्