पोखरामा भालुको आक्रमणबाट एक युवा घाइते भएका छन ।

पोखरा महानरपालीका वार्ड न १३ निवासी २३ वर्षका बिकास नेपालीलाई बाख्रा चराउन जङ्गलमा जादा भालुले आक्रमण गरेको हो । भालुले आक्रमणबाट घाईते भएका नेपालीको मेट्रोसिटि अस्पतालमा उपचार भैरहेको छ । बिकास बाखा फर्मका संचालक समेत रहेका नेपालीलाई बाख्रा चराएर फर्कने क्रममा भालुले आक्रमण गरेको थिए । भालुले आक्रमण गरेर घाइते भएका नेपालीले आफ्नै मिल्ने साथिलाई आफू आक्रमणमा परेको भनेर खबर गरेका थिए । तत्कालै नेपालीलाई उपचारको लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । सामान्य घाइते भएका उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचारपछि थप उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएको हो । उनको अहिले उपचार भैराखेको छ ।

अबको क्रममा हेर्नहोस भिडियोमा कसरी भएको थियो भालु आक्रमण ? साथीले कसरी उद्धार गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 716 Viewed

प्रतिक्रिया दिनुहोस्