तनहुँ व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा तोडेको भन्दै नेता पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका एसपी अरुण पौडेलले बताए ।

पुल उद्घाटनको विषयलाई लिएर कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञा तोड्दै नेता पौडेल पुल उद्घाटनमा जान खोजेपछि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।

निषेधाज्ञा जारी गरेपछि प्रहरी र युवा नेताहरुबीच केही बेर झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

प्रहरीले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन बन्द गर्न माग गरेका छन् ।

‘भर्खर प्रहरी परिचालन गरेर मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले भनेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’

https://youtu.be/nu3KM6jTPmo

अन्तिम पटक अध्यावधिक गरिएको 163 Viewed

प्रतिक्रिया दिनुहोस्