बागलुङ मङ्सिर १७ : बागलुङमा घरको बिच तलामा लाईटर जलाउदा आगो लागि घर पूर्ण रुपमा क्षति भएको छ।

अदाजी ११:१५ बजेको समयमा जिल्ला बागलुङ ,बागलुङ नगरपालिका वडा-३ गुठी बस्ने अन्दाजी ४०।४५ वर्ष को दल बहादुर किसानको ढुङगामाटोले बनेको ढुङगाको छानो भएको दुई तले कच्चि घरमा निजको छोरा अन्दाजी ८।९ वर्षको शिबजि किसानले घरको बिच तलामा लाईटर जलाउदा आगो सल्किई घरमा आगोलागी हुदा घर जली पुर्ण रुपमा क्षति भएको,मानबिय र चौपाय क्षति नभएको,विधुतको मिटरबक्स,नगद रू५२,०००।(बाउन्न हजार),तिनतोला सुन लगाएत कपडा र फर्निचर जलि नष्ट भएको छ।

उक्त खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली गई आगो पुर्ण रुपमा नियन्त्रणमा लिई घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

https://youtu.be/nu3KM6jTPmo

अन्तिम पटक अध्यावधिक गरिएको 133 Viewed

प्रतिक्रिया दिनुहोस्