लियो क्लबद्धारा रत्तदान यूवाहरु सम्मीलित भएको सामाजिक संस्था लियो क्लब फिस्टेल लेकसिटी, संघम पिस चौतारीको संयूक्त आयोजनामा गरिएको रत्तदान कार्यक्रममा ६५ यूनिट रगत सङ्कलन भएको छ । रत्तदानमा यूवा सहभागिता सहित गरिएको रत्तदानले यूवा वर्गलाई आकर्षण गराई रत्तदाताको संख्या वृद्धि गराउने उद्देश्य रहेको लियो जिल्ला अध्यक्ष आर्दशमोहन भट्टराईले बताए ।

लायन्स डिष्ट्रीक रत्तदान संयोजक बालकृष्ण शर्माले लायन्स अभियानमा रत्तदान मुख्य कार्यक्रम रहेको बताए । लियो क्लब पोखरा फिस्टेलका अध्यक्ष विदुर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, रत्तदान अभियान्ता रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, रत्तसंचार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवाली, लेकसिटीका अध्यक्ष अङ्किता पौडेल, संघमका अध्यक्ष दिव्या न्यौपाने, सचिव जिना श्रेष्ठ लगायतले रत्तदानको महत्व माथि प्रकाश पारेका थिए ।

https://youtu.be/nu3KM6jTPmo

अन्तिम पटक अध्यावधिक गरिएको 216 Viewed

प्रतिक्रिया दिनुहोस्