काठमाडौं । गोकर्णेश्वर नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला र श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ ।
किराना पसल सञ्चालन गर्दै आएका उनीहरुको कोठामा बोलाउन जाँदा नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए । राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशङ्का छ । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
इलेक्ट्रिकल हिटर बालेर सबैजना सुतेको र त्यहिकारण निस्सासिएर मृत्यु भएको हुन सक्छ।

https://youtu.be/nu3KM6jTPmo

अन्तिम पटक अध्यावधिक गरिएको 125 Viewed

प्रतिक्रिया दिनुहोस्