डि.एन.बी. पोखरा १८, मंसिर

वाइल्ड लाइफ एम्वुलेन्सबाट कास्कीमा घोरल र दुम्सीको उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हालै कास्कीमा संचालनमा आएको उक्त एम्बुलेन्सबाट घोरल, दुम्सीको उद्धार गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार वरालले बताए ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको परिसरमा घेटिएको घोरललाई वाइल्ड लाइफ एम्वुलेन्समा राखेर कास्कीको माछापुच्छ«े गाँउपालिकाको भुजुङखोला (तातोपानी) क्षेत्रको जंगलमा छाडिएको प्रमुख बरालले बताए । त्यसै गरी केही दिन अघि पोखरा १८ सराङकोटमा भेटिएको दुम्सिलाई पोखराको पचभैयामा रहेको वन्यजन्तु उद्धार केन्द्रमा लगेर व्याबस्थापन गरिएको बरालले जनाए ।

ययअघि आफुहरुले पिकअफ गाडीमा राखेर वन्यजन्तुको उद्धार गर्ने गरेको उनले जनाए । वन्यजन्तुलाई सुरक्षित विधि डाटिङ (सिरिन्ज मार्फत लट्टाउने) र त्यसको आवश्यक औषधि सहितको सामान उपलब्ध गराउन समेत आफुहरुले केन्द्रिय निकायमा माग गरेको प्रमुख बरालले जनाए । डाटिङ विना आफुहरुले खोर विधिबाट वन्जजन्तुहरुको उद्धार गर्दै आउदा जोखिम हुने गरेको प्रमुख बरालले जनाए । यस अघि चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका प्रमुख घाइते भएका थिए ।

घाइते जंगली जनावरको उद्दार गर्ने, उपचार गर्न र झुक्किएर वा भागेर मानव वस्तीमा आइपुगेका जंगली जनावरहरुको उद्दार गर्न उक्त एम्वुलेन्स प्रयोग हुने प्रमुख बरालले जनाए । एम्वुलेन्सले जंगली जनावरहरुको छिटो र सुरक्षित उद्दार गर्न मद्दत पुग्ने उनले जनाए । कुनै पनि ठाउँमा जंगली जनावर घाईते अवस्थामा फेला परे तथा भागेर मानव वस्ती तिर आएमा त्यसलाई लगेर पचभैयामा रहेको वन्यजन्तु उद्धार केन्द्रमा लगेर उपाचार गर्ने प्रवन्ध मिलाईएको बरालले जनाए ।

वाइल्ड लाइफ एम्वुलेन्स गण्डकी प्रदेशमै पहिलो पटक सञ्चालनमा ल्याइएको हो ।सुरक्षित ट्रलि समेत जडान भएको उक्त एम्वुलेन्समा वन्यजन्तुसँग मिल्दो जुल्दो चित्र टाँसेर सजाइएको छ । उक्त रंगरोगन सहितको सजावटमा मात्र करिब दुई लाख खर्च भएको कार्यालयले जनाएको छ । वाइल्ड लाइफ एम्वुलेन्स खरिदको लागि गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले करिब ४१ लाख रकम विनियोजन गरेको थियो ।

https://youtu.be/nu3KM6jTPmo

अन्तिम पटक अध्यावधिक गरिएको 223 Viewed

प्रतिक्रिया दिनुहोस्