पोखराको गणेश टोलस्थित चौतारामा महिला मृत फेला परेकी छन् ।

तेह्रथुम जिल्ला घरभई सडकमा मागी खादै हिड्ने र सडकमै बस्ने अन्दाजी ५०/५२ वर्षीया जानुका गुरुङ शनिबार बिहान ८ः३० बजे मृत अवस्थामा फेला परेकि हुन्। डिएसपी रेग्मीका अनुसार शुक्रबार राति चौतारोमा सुतेकी गुरुङ शनिबार सुतेकै अवस्थामा मृत भेटिएकी हुन् ।

उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 275 Viewed

प्रतिक्रिया दिनुहोस्