पोखरामा कोरोना संक्रमणबाट आज मात्रै थप तिन जनाको मृत्यु भएको छ । स्वास्थ निर्देशानलय गण्डकी प्रादेशले दिएको जानकारी अनुसार निधन हुनेमा दुई महिला र एक पुरुष रहेका छन ।

पोखरा -१७ कि ६६ वर्षीय कोरोना संक्रमित महिलाको मङ्सिर २१ गते बिहान ५ः२१ बजे मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यही मङ्सिर १५ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचार शुरु गरिएको थियो ।

लमजुङ्ग जिल्ला बेशिशहर नगरपालिका -११ निवासी ४३ वर्षीय महिला रहेकि छन । मङ्सिर २० गते मणिपाल अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । उहाँलाई यही मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उहालाई Insulin dependent diabetes mellitus with secondary infection को समस्या रहेको थियो।

यसै गरी मृत्यु हुनेमा पोखरा-१७ निवासी ३४ वर्षीय पुरुष रहेका छन । मङ्सिर २० गते चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । उहाँलाई यही मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहालाई COVID with chronic kidney disease and hypertension को समस्या रहेको थियो।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ पुगेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 615 Viewed

प्रतिक्रिया दिनुहोस्