पोखरा महानगरपालिका वडा न १५ मा जमिन चर्किएको छ ।

पोखरा महानगरपालिका वार्ड न १५ अमिनतारा भन्ने ठाउँमा जमिन भासिन थालेको हो । जमिन भासिन थालेपछी अहिले ४ घर परिवार बिस्थापित बनेका छ्न । बिस्थापित घर परिवारलाई स्थानिए र वार्ड कार्यालयको सहयोगमा बस्ने खाने ब्यवस्था मिलाईएको वार्ड न १५ का वार्ड अध्यक्षले जानकारी दिएका छ्न ।

नसोचेको ठाउँम एक्कासी जमिन चर्किएपछी त्रसित बनेका स्थानिए यति बेला कसरी समस्या समाधान गर्ने भन्ने सोचमा छ्न । पोखरा महानगरपालिका मेयर मान बहादुर जिसि लगाएतको टोलीले स्थलगत अवलोकन गरेको छ भने थुप्रै नेताहरुले अवलोकन गरेका छ्न । महानगरबाट राहात आउने प्रतिबद्धता दिएर गएका मेयरले नागरिकको समस्या समाधानमा महानगरले सक्दो सहयोग गर्ने र तुरुन्त राहत ब्य्वस्थापन गर्ने बताएका छ्न ।

यता स्थानिएले कसरी समस्या समाधान गर्ने भन्दै माताहरुकोमा चामाल बोकेर हेराउन सुरु गरेका छ्न । सोही अनुसार सनिबार यहाका टोल बिकास संस्थाको नेतृत्वमा नाग पुजा ,रुद्री ,होमन ,धर्ती पुजा लगाएतका पुजा गरेका छ्न । ३ जना ब्राह्मण राखेर गरिएको पुजामा कर्ताको रुपमा टोल बिकासका अध्यक्ष रहेका थिए । हामीले उनलाई केही कुराकानी गर्ने प्रयास गरेका थियौ । उनका अनुसार हेराउन जादा माताले यस स्थलमा धेरै फोहोर भएको र नाग रानीको हत्या भएको रहेछ र यसैकारण पनि जमिन चर्केको हुनसक्ने आकलन भएकाले पुजा गरिएको बताए ।

कलपना पनि गर्न नसकिने ठाउमा यस्तो भएपछि धेरै मानिसहरुको धेरै कुरा आउनु स्विभाबिक पनि हो । नेपाली समाज अझै पनि हेराउने मातामा बिस्वास गर्ने गरेको पाईन्छ सायद त्यहि भएर होला यश स्थानमा पनि मानिसहरुले सामुहिक पुजा सम्पन्न गरेका छ्न ।

यसैगरी बिस्थापित भएका मध्य एक जनाको छोरा गण्डकी अस्पतालमा उपचार गराईराखेका छ्न । उनमा एक्कासी मुखबाट रगत आउने समस्या आएको हो । स्थानिए बासिन्दाहरुको सहयोगमा हाल उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको Icu मा उपचार भैराखेको छ । पिडितकि आमा रुदै भन्छिन एकातिर छोरो अस्पतालमा भर्ना छ बाच्ने मर्ने ठेगान छैन यता बस्ने बाँस छैन म के गर्नु ? उनी थप्दै भन्छिन अब अस्पतालले उपचार हुदैन घर लैजानुस भन्यो भने म छिरालाई कहाँ लगेर राखु ? मलाई एउटा बाँस मिलाईदिनुस सर सरकार कहाँ छ म कता जाउ गुहार माग्न भन्दै रुदै उनको बोली रोकिन्छ ।

बल्ल बल्ल किनेको जग्गामा घर बनाएका थिए । अब त घर भयो बस्ने बाँस भयो भन्दै ज्याला मज्दुरी गर्दै आएका उनिहरुको पुडा सायद यस्तो कतै पनि देख्न सकिन्न । एकातिर घरबाँस जग्गा भासियो ,छोरा अस्पतालको icu मा छ्न। अर्कोतिर माईतीमा सुत्केरी खान आएकी छोरी रुदै भन्छिन सबै कुरा एकैपाली पर्यो अब के गर्ने ?

हेर्नुहोस के छ त्यहाको वास्तविकता भिडियोमा …

नोट: हामी हाम्रा दर्शकलाई अनुरोध गर्न चहान्छौ । सक्नुहुन्छ भने यो परिवारलाई केही सहयोग गर्नुहोला । पोखरा महानागरपालिका वार्ड न १५ सिमनटारा (नया बन्दै गरेको बन्जिको पारी) कमलनयन गौतम गुरुको आश्रम भन्दा केही घर उत्तर तिर ।

अन्तिम पटक अध्यावधिक गरिएको 560 Viewed

प्रतिक्रिया दिनुहोस्