स्याङ्जा मङ्सिर २२:स्याङ्जामा पार्किङमा राखेको मोटरसाईकलमा आगलागि भई पूर्ण क्षती भएको छ।

दिउसो एक बजेको समयमा स्याङ्जा जिल्ला गल्याङ नगरपालिका-२ गराङ्दी खुसी चोक स्थित गल्याङ- गराङ्दी भित्री कच्ची ऐ.बस्ने बिर बहादुर रानाको घर नजिकै पार्किङ गरी राखेको ग ४ प ४२६४ नं.को १५० सि.सि.को पल्सर मोटरसाईकलमा अचानक आगोलागी भई जलेर पुर्ण रुपमा क्षती भएको छ। साथै निजकै संगै पार्किङ गरी राखेको ग ४ प २५८१ न.को tvs मोटरसाईकल को भाईजर र साईडको भाग समेत हल्का जली क्षती भएको छ।

उक्त खवर प्राप्त हुनासाथ प्रहरी टोली खटाएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 202 Viewed

प्रतिक्रिया दिनुहोस्