पोखरामा आज पनि कोरोना संक्रमणबाट एक पुरुषको निधन भएको छ।

पोखरा महानगरपालिका निवासी ३४ वर्षीय पुरुषको यही मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत पुरुषको मङ्सिर २२ गते दिउसो ४.०० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । उहामा COVID pneumonia, Diabetes Mellitus को समस्या रहेको थियो। 

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 504 Viewed

प्रतिक्रिया दिनुहोस्