पोखरा मंसिर २३: नेपाली कागेंस कास्कीले यही मंसिर २९ गते पोखरामा बिरोध प्रर्दशन गर्ने भएको छ । अहिलेको सरकारको प्रवृत्ति बिरुद्ध आफुहरु बिरोध प्रर्दशन गर्ने तयारीमा जुटेको कास्की कागेंसका सभापति कृष्ण केसीले बताए ।

वर्तमान कम्युनिष्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टचार, कोभिड—१९ नियन्त्रणमा असफलता,राज्य आतंक, चर्को मुल्यबृद्धि, महिला हिंसा, कुशासन र अधिनायकवादी शैलीका बिरुद्ध उक्त बिरोध प्रर्दशन कार्यक्रम आयोजना गर्न लागिएको कास्की कांग्रेसले जनाएको छ ।

मंसिर २९ गते पोखराको चिप्लेढुंगामा जाऔं, कम्युनिष्ट सरकारको सर्वसत्तावाद बिरुद्धको बिरोध प्रदर्शनमा सहभागि आव्हान गरिएको सभापति केसीले बताए । उनका अनुसार पोखराको वि.पि.चोक, चिप्लेढुंगाबाट बिरोध प्रर्दशन सुरु भई महेन्द्रपुल, नयाँबजार हुदै पृथ्बीचोकमा पुगेर बिरोध सभामा परिणत हुने भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 91 Viewed

प्रतिक्रिया दिनुहोस्