गोरखा — नौ महिनादेखि बन्द रहेको प्रसिद्व धार्मिकस्थल मनकामना मन्दिर मंसिर २८ गते आइतबारबाट खुल्ने भएको छ । सोही दिनबाट केवलकार सेवा पनि संचालन तयारी थालिएको छ ।

मंगलबार बसेको मनकामना क्षेत्र विकास समिति बैठकले मन्दिर सर्वसाधारणका लाागि खुल्ला गर्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर प्रवेश खुल्ला गर्ने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । मन्दिर प्रवेशमा सर्वसाधारणलाई रोक लगाएसँगै यहाँका व्यापार व्यवसाय ठप्प बनेको थियो ।

कोरोना महामारी तथा लकडाउनको कारणले मन्दिर सर्वासधारणका लागि बन्द गरिएको भए पनि मन्दिरका पुजारीहरुले दैनिक रुपमा पुजा गर्दै आएका थिए । विभिन्न सरोकारवाला निकायसंगको छलफल पश्चात विगत ८ महिनादेखि बन्द रहेको मनकामना मन्दिर तथा केबलकार खुलाउने निर्णय भएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 301 Viewed

प्रतिक्रिया दिनुहोस्